दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

प्रदेश उच्च शिक्षा नियमावली स्वीकृत, बागमतीमा विश्वविद्यालय सञ्चालनको बाटो खुल्यो

हेटौंडा ।  बागमती प्रदेशमा विश्वविद्यालय सञ्चालन गर्ने तयारी स्वरुप प्रदेश उच्च शिक्षा नियमावली २०७९ स्वीकृत भएको छ । 

मंगलबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले सो नियमावली स्वीकृत गरेसँगै प्रदेशमा विश्वविद्यालय सञ्चालनको बाटो खुला गरेको हो ।

त्यस्तै सोही बैठकले प्रदेश चिठ्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत गरी प्रदेश सभामा पेश गर्ने स्वीकृती प्रदान गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । 

त्यस्तै बैठकले प्रदेश सञ्चार माध्यम व्यवस्थापन (चौथो संशोधन) नियमावली स्वीकृती गरेको छ । 

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ३ : २५ बजे