अनेमसंघको अध्यक्षमा हमाल र महासचिवमा लामा निर्वाचित, आज ११ः०० बजे शपथ ग्रहण

काठमाडौँ । अखिल नेपाल महिला सङ्घ (अनेमसंघ)को अध्यक्षमा टुका हमाल सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ ।

आइतबार राति अबेर सम्पन्न सातौँ राष्ट्रिय सम्मेलनबाट हमाल सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको  हो । 

त्यस्तै, सम्मेलनको बन्द सत्रबाट सङ्घको उपाध्यक्षमा मेनुका काफ्ले, मेनका पोखरेल, रूकमणी राना, सुमित्रा वि.सी, शर्मिला कार्की, विमला राई पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ । 

त्यसैगरी, सङ्घको महासचिवमा पेम्बा लामा, उपमहासचिवमा  शान्ति अधिकारी, सचिवहरूमा विणा राई, विना साह, शारदा कुमाल, नरदेवि पुन, बिना ज्ञवाली, मीना रखाल, आशा बि.क. र कोषाध्यक्षमा इन्दिरा फुयाँल सर्वसम्मत निर्वाचित हुनुभएको छ । सदस्यहरूको नामावली भने आज घोषणा हुने जनाइएको छ । 

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण आज बिहान ११ः०० बजे एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने नव निर्वाचित महासचिव पेम्बा लामाले जानकारी दिनुभयो । 

सम्मेलनको शनिवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । 

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ९ : १६ बजे