प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । 

सङ्घीय संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ः०० बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको संसद् सचिवालयले जनाएको छ  ।

सङ्घीय संसद्को सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त सेवा प्रसारण विधेयक २०७८ माथि बिचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ७ : १२ बजे