सरकारी टोलीसँग मिटर ब्याज पीडितले आज पनि वार्ता गर्ने

​​​​​​​काठमाडौँ । मिटर ब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने भएको छ । 

गृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटर ब्याज विरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबीच आज पनि वार्ता हुन लागेको हो । 

सङ्घर्ष समितिले अघि सारेका मागका बारेमा आइतबार छलफल भए पनि सहमति नभएपछि सोमवार पुनः गर्न लागिएको संयोजक अबधेस कुशवाहले जानकारी दिनुभयो। उहाँका अनुसार मिटर ब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टि बन्धक, रजिस्ट्रेसन र चेकलगायत मन्त्रिपरिषद् निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुँदे मागमा सरकारी वार्ता टोली समक्ष राखिएको छ । 

पहिलो दिनको वार्तामा सहमति हुन नसकेपछि पुनः आज वार्तामा बस्ने उहाँले जानकारी दिनुभयो।   

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ७ : ०३ बजे