युवा सङ्घको राष्ट्रिय महाधिवेशन आजबाट, अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने 

काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन हुदैँछ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने  गर्नुहुने महाधिवेशन २७–२९ गतेसम्म जारी रहनेछ । 

नेपालगञ्जमा हुने महाधिवेशनको उद्घाटन कार्यक्रममा १० हजारभन्दा बढीको जनसहभागिता रहने सङ्घका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार महाधिवेशनमा २ हजारभन्दा बढी प्रतिनिधिले सहभागिता जनाउने छन् । 

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ६ : ५० बजे