चारजना प्रहरी अतिरिक्त महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका चारजनालाई आइतबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ । 

२४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो । 

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उहाँहरुलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएकाे हाे । 
 

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ३ : ३४ बजे