ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु

उदयपुर । ट्रकको ठक्करबाट मोटरसाइकलको चालकको मृत्यु भएको छ । 

आइतबार बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा घटनास्थलमा नै मोटरसाइकल चालक ४३ वर्षीय तारणी मगरको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाका अनुसार मे१ख २१८४ नम्बरको ट्रकले प्रदेश नं १–०५–००१ प ६१५९ नम्बरको मोटरसाइकल चालक त्रियुगा नगरपालिका–१४ का मगरले चलाएको मोटरसाइकललाई गाईघाट बजारमा ठक्कर दिएको थियो ।

सो घटनापछि ट्रक चालकलाई नियन्त्रणमा लिइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ९ : ०९ बजे