पाटन क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट विजयी

काठमाडौँ  । पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट विजयी हुनुभएको छ। 

शनिवार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट स्वतन्त्र उम्मेदवार बिष्ट विजयी हुनुभएको हो। 

गत चैत ५ गते हुनुपर्ने निर्वाचन आन्तरिक कारणले स्थगित भएपछि शनिवार निर्वाचन गरिएको थियो । उक्त निर्वाचनबाट बिष्ट ८४१ मतसहित विजय हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमाले निकट अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मत प्राप्त गर्नुभयो ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ८ : ०६ बजे