दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपालमा आँखा उपचार गर्नका निम्ति लायन्स क्लबको भूमिका महत्त्वपूर्ण छ: सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालमा राष्ट्रव्यापी आँखा उपचारमा लायन्स क्लबले महत्त्वपूर्ण सहयोग गरेको बताउनु भएको छ ।

आज काठमाडौँमा भएको लायन्स क्लबको अधिवेशनमा बोल्दै उहाँले नेपालमा अन्धोपन निवारण गर्न लायन्स क्लबले उल्लेखनीय काम गरेको बताउनु भयो ।  

सभामुख घिमिरेले वातावरण प्रदूषण बढिरहेको बेला वातावरण सफा राख्न,  भूकम्पका बेला पनि राहत तथा उद्धारको काममा लायन्स क्लबले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । भूकम्पका बेला ४५ करोडभन्दा बढी सहयोग जुटाएर विद्यालय बनाउन सफल भएकोमा धन्यवाद व्यक्त गर्नुभयो । 

सामाजिक काममा लायन्स क्लबले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले आगामी दिनमा पनि सामाजिक काममा लाग्न आग्रह गरे । साथै त्रिवि लायन्स रगत बैंक स्थापना गर्न लागेकोमा सफलताको कामना पनि उहाँले आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  १ : २८ बजे