मोटरसाइकल र गाडी एक-आफसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु 

महोत्तरी । मोटरसाइकल र गाडी एक-आफसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बर्दिबासस्थित पूर्व-पश्चिम लोकमार्गमा भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा गौशाला नगरपालिका बस्ने ३० वर्षीय मनिष कार्की रहेको प्रहरीले जनाएको छ ।

विपरीत दिशाबाट आएको प्र.२ ०४-००१ प १३२७ नम्बरको मोटरसाइकल र प्रदेश.३ ०३-००१ ज ०२९७ नम्बरको विङगर गाडी एक आफसमा ठोकिएको हो । 

दुर्घटनामा परी गम्भीर घाइते भएका मनिष कार्कीको सुभ स्वस्तिक अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिनुभयो।

विङगर गाडी र सर्लाही हरिवन बस्ने गाडी चालक नीरज लामालाई थप अनुसन्धानको लागि प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ८ : ४४ बजे