‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

श्रीलङ्कामा रेल दुर्घटना हुँदा १६ जना घाइते

कोलम्बो – पूर्वी श्रीलङ्काको त्रिन्कोमालीस्थित एक रेलवे स्टेसननजिकै शुक्रबार दिउँसो रेल दुर्घटना हुँदा कम्तीमा १६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार उक्त घटनामा नौ महिला, पाँच पुरुष र दुई बालक घाइते भएका छन् र उनीहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

रेल विभागका अनुसार रेलको तीन भागमा पूरै क्षति पुगेको  छ भने रेल विभागका दुई कर्मचारी घाइते भएका छन् ।

श्रीलङ्कामा रेल दुर्घटना हुनु सामान्य कुरा हो । तथापि, यस्ता दुर्घटनाहरूबाट घातक चोटपटकहरू भने कमै हुने गरेको पाइन्छ । 

रेल विभागका अनुसार श्रीलङ्कामा सन् २०२० मा २९, सन् २०२१ मा ३४ र सन् २०२२ को नोभेम्बरसम्ममा ४५ वटा रेल दुर्घटना भएका थिए ।

रासस÷सिन्ह्वा

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ६ : १२ बजे