साफ यू–१७ च्याम्पियनसिप आजदेखि

उपत्यका मेयर्स फोरममा महर्जन 

काठमाडौँ । उपत्यका मेयर्स फोरमको अध्यक्षमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन चयन हुनुभएको छ । 

काठमाडौँ उपत्यकामा रहेका महानगरपालिका तथा नगरपालिकाका प्रमुख रहनुहुने सो फोरमको उपाध्यक्षमा वासुदेव थापा, महासचिवमा घनश्याम गिरी, सचिवमा प्रकाश अधिकारी, कोषाध्यक्षमा कृष्णहरि महर्जन र सहसचिवमा सुरेन्द्र श्रेष्ठ चयन हुनुभएको छ ।

उहाँहरू क्रमशः सूर्य विनायक, चन्द्रागिरि, टोखा, तारकेश्वर र मध्यपुरथिमीका नगरप्रमुख हुनुहुन्छ । फोरमको सदस्यमा उपत्यकाका बाँकी सबै नगरका प्रमुख र उपप्रमुख  रहनुभएको छ ।

बिहीबार सम्पन्न फोरमको बैठकले नयाँ कार्यसमिति चयन गर्दै  उपत्यकामा प्रवेश गर्ने प्रमुख नागढुङ्गा नाकामा ‘अटोमेटिक भेहिकल डिटेक्सन एन्ड मनिटरिङ सिस्टम’ जडान गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । 

यसका लागि करिब रु दुई करोड लगानी आवश्यक पर्ने जनाइएको छ । 

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  १२ : २८ बजे