आजको मौसम: मधेस र कोसी प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो मधेस प्रदेश, कोसी प्रदेशलगायत देशको पहाडी भू–भाग आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

कोसी र गण्डकी प्रदेशको  पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती भने कोसी प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

त्यस्तै, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोसी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा  मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघ गर्जन र चट्याङबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

 

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ६ : ४९ बजे