आइसिसी ओडिआई बरियताः एक स्थान उक्लिँदै नेपाल १४औँ बरीयतामा

​​​​​​​काठमाडौँ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को नयाँ ओडिआई वरियतामा फेरी एक स्थान माथि उक्लिएको छ ।

आइसिसीले बुधवार साँझ सार्वजनिक गरेको नयाँ ओडिआई वरियतामा नेपालले एक स्थान सुधार गर्दै १४ औँ स्थानमा उक्लिएको हो ।

पछिल्लो समयमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा जीत हासिल गर्दै खेल सुधार गरेपछि १५ औँ स्थानबाट एक स्थान माथि उक्लिँदै १४ स्थानको बरीयता कायम गर्न सफल भएको हो । 

नेपालभन्दा अघि वरियतामा एसोसिएट टोलीको रूपमा स्कटल्यान्ड मात्रै परेको छ ।

नेपालभन्दा अघि जिम्बावे १३औँ, स्कटल्यान्ड १२औँ र आयरल्यान्ड ११औँ स्थानमा छन् भने नेपाल भन्दापछि ओमान १५औँ, नेदरल्यान्ड्स १६औँ, अमेरिका १७औँ र नामिबिया १८औँ स्थानमा रहेका छन् । नेदरल्याण्ड दुई स्थान तल झरेर १६औँ स्थानमा पुग्दा नेपाल एक स्थान माथि उक्लिएको हो ।  

बरीयतामा अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ भने  न्युजिल्यान्ड दोस्रो र भारत तेस्रो स्थानमा छन् । 

 

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ७ : २८ बजे