प्रतिनिधिसभा बैठक बस्दै : कार्य व्यवस्था समितिमा सदस्यहरू मनोनयन हुने

काठमाडौँ  । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठक अपराह्न १ः०० बजे बस्नेछ ।

बैठकमा कार्य व्यवस्था समितिका सदस्यहरूलाई सभामुखले मनोनयन गर्ने कार्य तालिका रहेको छ । 

संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रण  सम्बन्धी विधेयक २०७८ का सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ । 

यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६३ औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्य तालिका रहेको सङ्घीय संसद्को महासचिव भरतराज गौतमले जानकारी दिनुभयो । 

 

 

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ७ : ११ बजे