राजमार्गमा दृष्य एक, पीडा अनेक

वैवाहिक जबरजस्ती करणी मुद्दामा न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ – जिल्ला अदालत कपिलवस्तुले न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। वैवाहिक जबरजस्ती करणी मुद्दामा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अदालत समक्ष पक्राउ पुर्जी माग गरेको थियो।

गिरीविरुद्ध सोमबार पक्राउ पुर्जी जारी भएको अदालतका श्रेस्तेदार सुमन पाण्डेले जानकारी दिनु भयो । न्यायाधीश गिरीविरुद्ध उहाँकै श्रीमतीले वैवाहिक करणीको उजुरी कपिलवस्तु प्रहरीमा दिनु भएको थियो । न्यायाधीश गिरीको न्याय परिषदमा सरुवा भइसकेको छ। यसअघि न्यायाधीश गिरीकी पत्नी आरती रावलविरुद्ध पनि बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

शैक्षिक प्रमाणपत्र लगायतका सरकारी कागजात किर्ते गरेको अभियोगमा न्यायाधीशपत्नी रावललाई पक्राउ गर्न बाँके जिल्ला अदालतले अनुमति दिएको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ४ : ४९ बजे