यस्तो छ आजको विनिमय दर

सालकको खपेटासहित दुईजना पक्राउ

भक्तपुर । चाँगुनारायण नगरपालिका-२ बर्खेबाट ९९८ ग्राम तौल भएको सालकको खपेटासहित दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा चाँगुनारायण नगरपालिका-२ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ घर भएका २२ वर्षीय आसुतोष थपलिया र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भएका २६ वर्षीय अमृत गजमेर रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले बाग्मती प्रदेश ०२-०२० प ८४९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त तौलको खपेटासहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  १ : ३० बजे