राजमार्गमा दृष्य एक, पीडा अनेक

सन्दीप लामिछाने विरुद्धकाे मुद्दाको अन्तिम सुनवाइ हुँदै

काठमाडौँ । सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज सुनवाइ हुदैँछ ।  

जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान लामिछाने विरुद्ध आज अन्तिम सुनुवाइका लागि पेसी तोकिएको हो ।

लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा गत १३ चैतमा पेसी परेपछि उहाँकै कानुन व्यवसायीको अनुरोधमा पेशी स्थगित गरिएको थियो । 

गत ५ भदौमा राति सिनामंगलस्थित एक होटेलमा लगेर बलात्कार गरेको भन्दै लामिछानेविरुद्ध एक किशोरीले जाहेरी दिएकी थिइन् । सोही जाहेरीका अनुसार पक्राउ परेका लामिछाने रिहा भएपछि पछिल्लो समयमा भने किशोरीको जाहेरी  विवादास्पद हुँदै गएको छ । मुख्यतः उनी नाबालिग हो कि होइन भन्ने विषयमा अहिले चर्चा परिचर्चा हुन थालेको हो ।  

यसअघि कडा सर्त राखेर उच्च अदालतले लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेको थियो भने सर्वोच्च अदालतले लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दा ‘फास्ट ट्र्याक’बाट टुङ्ग्याउन आदेश दिएपछि जिल्ला अदालतले आज पेशी तोकेको हो । 

 

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ९ : ३१ बजे