दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

भारतबाट घर फर्किनेहरू कोरोनाको उच्च जोखिममा

काठमाडौँ । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमण बढ्दै गएको छ। 

पछिल्लो दुई सातायता नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या नियमित बढिरहेको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार सोमबारसम्ममा देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २२७ पुगेको छ। नेपालमा अहिले सङ्क्रमितको सङ्ख्या बढ्नुमा ओमिक्रोनको नयाँ सब भेरियन्ट एक्सबीबी.१.१६ मुख्य कारक देखिएको छ।

भारतमा गत जनवरीको दोस्रो साता एक्सबीबी.१.१६ नामक नयाँ सब भेरियन्ट देखिन सुरु भएको थियो। यो ओमिक्रोनको सब भेरियन्ट रहेको विज्ञहरूले बताउँदै आएका छन्। 

भारतको गुजरात, तेलंगाना, महाराष्ट्र, कर्नाटक लगायतका राज्यमा फैलिएको यो भाइरस नेपालमा भारतबाट नेपाल भित्रिने नाकामा देखिएका सङ्क्रमितहरूमा बढी देखिएको छ।

भारतमा उक्त भाइरस देखिएसँगै भारतबाट घर फर्किएका नेपालीहरूमा कोरोना सङ्क्रमण देखिन थालेको छ। भारतबाट नेपाल आएकाहरूमा कोरोना देखिएसँगै परीक्षणको दायरा पनि बढाइएको जमुनाहा नाका हेल्थ डेस्क प्रमुख गीता गिरी शाहीले बताउनुभयो ।

चैत महिनामा मात्र ३० जनामा कोरोना पुष्टि भएको उहाँले जानकारी दिनुभयो।

 

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ८ : ०४ बजे