‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

न्युर्योक । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ पर्नुभएको छ । 

म्यानहट अदालतमा बयान दिन न्युर्योक पुग्नुभएका बेला उहाँलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

उहाँमाथि लागेका ३४ आरोप माथि सुनवाइको क्रममा उहाँ पक्राउ पर्नुभएको हो । यद्यपि उहाँले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आउनुभएको छ ।  

बिबिसीका अनुसार म्यानहटन अदालतमा आत्मसमर्पण गर्नुभएका उहाँले आफूले कुनै अपराध नगरेको जिकिर गर्नुभएको छ। उहाँ अदालतमा बयान दिनका लागि मङ्गलवार न्युर्योक आउनुभएको थियो ।  

पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बौँ डलरको सम्पत्ति जम्मा गरेको, राष्ट्रपति हुँदा ह्वाइट हाउसबाट महत्त्वपूर्ण कागजात गायब पारेको देखी राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद् भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोपमा ट्रम्पमाथि छानबिन भइरहेको छ । 

अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने उहाँ पहिलो पूर्व राष्ट्रपति हुनुहुन्छ । 

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ७ : ४९ बजे