राजमार्गमा दृष्य एक, पीडा अनेक

रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी प्रकरणमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेको रिट मंगलबार हेर्न नभ्याइनेमा पर्दै सरेको छ ।

मंगलबार सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा उक्त मुद्दाको पेसी तोकिएको थियो । तर, न्यायाधीश सिन्हाको इजालसले उक्त मुद्दा हेर्न नमिल्ने भन्दै अर्को इजलासमा पेस गर्न आदेश दिएको हो ।

रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित युवराज सफलले सोमबार सर्वोच्चमा रिट दर्ता गराउनुभएकाे थियाे । यससँगै अब सो मुद्दा अर्को दिनमात्रै सुनुवाइ हुनेछ । 

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ३ : ३१ बजे