राजमार्गमा दृष्य एक, पीडा अनेक

उच्च हिमाली तथा पहाडी क्षेत्रमा अमेरिकी सेनाको तालिम केन्द्रित

काठमाडौँ – नेपालको उच्च हिमाली तथा पहाडी क्षेत्रलाई लक्षित गर्दै अमेरिकी सेनाको तालिममा केन्द्रित हुन थालेको छ।

 मिसन ‘हाई अल्टिच्युड’ तालिममा केन्द्रित हुन थालेको अमेरिकी सेनाले जुनसुकै बेला उच्च हिमाली तथा पहाडी क्षेत्रमा खोज तथा उद्धारमा  केन्द्रित हुनुपर्ने भएकोले यो अभ्यास गर्दै आएको हो।

लामो समयदेखि नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुँदै आएको छ । 

गत माघमा अमेरिकी सेनाले एक्स- बेलेन्स नेल- २३-३०११ नाम दिइएको संयुक्त अभ्यासमा उच्च हिमाली तथा पहाडी क्षेत्रमा खोज तथा उद्धार (जल उद्धार, हवाई उद्धार) सम्बन्धी ज्ञान तथा क्षमता अभिवृद्धि हुने गरी नेपाली सेनासँग संयुक्त अभ्यास गरेको थियो । 

नेपाली सेनाले अमेरिकासहित भारत र चीनसँग समेत संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । 

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ८ : १४ बजे