राजमार्गमा दृष्य एक, पीडा अनेक

उपनिर्वाचन : बिहीबारदेखि आचारसंहिता लागु हुने

काठमाडौँ – वैशाख १० गते हुने उपनिर्वाचनका लागि यही चैत २३ गतेदेखि आचारसंहिता लागु हुने भएको छ।

बिहीबारदेखि आचारसंहिता लागु हुने निर्वाचन आयोगले जनाएको छ । तनहुँ १, चितवन २ र बारा २ मा वैशाख १० मा उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ । 

यस्तै यही चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । आयोगका अनुसार सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्हसमेत दिइनेछ। वैशाख १० गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ७ : ५३ बजे