राजमार्गमा दृष्य एक, पीडा अनेक

आज उपनिर्वाचनका उम्मेदवार माथी उजुरी गर्न सकिने

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्धको उजुरी निर्वाचन आयोगले आज लिने भएको छ ।

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार सोमवार उम्मेदवारी दिएका उम्मेदवार विरुद्ध उजुरी दिनका लागि आयोगले मंगलवार तोकिदिए अनुसार आज उजुरी लिन लागिएको हो ।

सोमवार चितवन–२, तनहुँ–१ र बारा–२ मा आगामी वैशाख १० गते हुन गईरहेको उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गरेका उम्मेदवार प्रति चित्त नबुझेमा उजुरी दिन सकिने र उनीहरू माथी परेका उजुरी माथी चैत २२ गते छानबिन गरी सोही दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ७ : १७ बजे