महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी, सात वटा गाडी जले

काठमाडौँ । ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी हुँदा सात वटा गाडी जलेका छन् ।

आज बिहान भएको आगलागीबाट तीन वटा मोटरसाइकल र तीन वटा स्कुटर पनि जलेका छन् । 

आज बिहान ४ः४७ मा लागेको आगो नेपाल प्रहरीको सक्रियतामा ५ः१७ बजे नियन्त्रणमा आएको र क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । 

आगलागीको कारण खुलेको छैन । 

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ९ : ४५ बजे