एमालेले बनायो बारा २ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार

काठमाडौँ । उपनिर्वाचनमा नेकपा एमालेको तर्फबाट बारा २ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार बन्नुहुने भएको छ ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि एमालेले उहाँलाई बारा २ मा उम्मेदवार बनाएको हो । पौडेलले यसअघि साबिक बारा ३ र ६ बाट चुनाव जित्नुभएको थियो ।

मङ्सिरको निर्वाचनमा यहाँ एमालेले जनता समाजवादी पार्टीलाई सघाएको थियो ।

​​​​​​​बारा २ मा सत्ता गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, रास्वपाबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुसवाह र राप्रपाबाट सोनेलाल साह उम्मेदवार रहने यसअघि नै सार्वजनिक भइसकेको छ ।

आज बिहान १० बजे देखी साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुदैँछ । 

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ८ : १८ बजे