राजमार्गमा दृष्य एक, पीडा अनेक

प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौँ । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन पत्र दर्ता हुँदै छ ।

निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्नुहुनेछ ।

गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं.२, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नंं १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं २ का लागि उपनिर्वाचन हुन लागेको हो । 

उपनिर्वाचनका लागि शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।

 

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ६ : २९ बजे