यस्तो छ आजको विनिमय दर

मेयरको सट्टामा एसईई दिंदै गरेका नक्कली परीक्षार्थी पक्राउ

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई दिंदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

मेयर कानुको सट्टामा एसईई दिंदै गरेका नक्कली परीक्षार्थी गरुडा–६ पोठियाहीका कमल साह पक्राउ परेका हुन ।

मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ मावि परीक्षा केन्द्रमा मेयर कानुको सट्टामा परीक्षा दिइरहेका साहलाई परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका इन्जिनियर साह मेयरका ज्वाइ पर्ने बताइएको छ । यस बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  १ : ४० बजे