प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीद्वारा पद तथा गोपनीयताको शपथ  

काठमाडौँ  । मञ्जु शर्मा अन्सारीले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 

सिंहदरबारस्थित कानुन समितिको हलमा आज सभामुख देवराज घिमिरेसमक्ष अन्सारीले प्रतिनिधिसभा सदस्य पदको शपथ लिनुभएको हो  । 

सांसद सहनाज रहमानको निधनपछि रिक्त रहेको पदमा उहाँलाई जसपाले सांसद बनाएको हो ।  अन्सारी पार्टीको मुस्लिम समुदायबाट समानुपातिक तर्फको सूचीको दोस्रो वरीयतामा हुनुहुन्थ्यो ।

 

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ११ : ३९ बजे