२४ घण्टामा थपिए ३८ कोरोना संक्रमित

काठमाडौं । नेपालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६५६ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा ३८ जनाको नतिजा ‘पोजिटिभ’ आएको हो ।

यो अवधिमा ११८ नमुनाको पीसीआर परीक्षण गर्दा १५ र ५३८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार २० जनाको मृत्यु भएको छ ।

यो अवधिमा देशभर सातजना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८९ हजार १९३ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १७१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ५ : २४ बजे