काठमाडौँ । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभावले आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज लुम्बिनी, सुदूरपश्चिम, कोसी र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोसी प्रदेश, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
विभागका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार ६ : ४४ बजे
प्रतिक्रिया