मन्त्रीको नाम टुङ्गो लगाउन काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । 

ललितपुरको सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा बसिरहेको बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने व्यक्तिको नाम टुङ्गो लगाउने विषयमा छलफल भइरहेको छ । 

सत्ता गठबन्धनको बैठकमा काँग्रेसलाई आठ वटा मन्त्रालय दिने सहमति भएपछि बसेको कार्यसम्पादन समिति बैठकले सरकारमासहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने नेताहरूले जानकारी दिएका छन् । 

साथै बैठकले आगामी १० वैशाखमा हुने उपनिर्वाचनसहित समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ । 

 

 

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ११ : ४० बजे