मन्त्रालय टुङ्ग्याउन सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौँ  । सत्तारुढ गठबन्धनको बैठक अहिले बिहान ८ः०० बजे बस्दै छ ।

बुधवार बिहान र साँझ बसेको बैठकले मन्त्रालय भागबन्डाको सङ्ख्या टुङ्गो लगाए पनि कुन कुन मन्त्रालय कसले लिने भन्नेबारे निर्णयमा पुग्न नसकेपछि मन्त्रालय टुङ्ग्याउन  गठबन्धनको बैठक आज बिहान ८ः०० बजे बस्न लागेको हो ।

बुधवार साँझ बसेको बैठकमा उपस्थित दलले आ-आफ्नो दाबी प्रस्तुत गरेको भए पनि कुन दलले कुन कुन मन्त्रालय पाउने निर्णय नभएकाले बिहीबार बिहान बैठक बोलाइएको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।  

 

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ६ : ५० बजे