प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । 

सङ्घीय संसद् सचिवालयका अनुसार आज दिउँसो १ः०० बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८–०७९ पेस गर्नुहुने छ। 

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । 

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ९ : २० बजे