धादिङ । ४७ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गजुरी गाउँपालिका-२ चाम्बास ठेगाना भएका २१ वर्षीय आईमान तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
तामाङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार ५ : २१ बजे
प्रतिक्रिया