सडक यातायात क्रमशः सहजतातर्फ

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

मोरङ  । कटहरी गाउँपालिका–४ स्थित जुडी पुलमा गए राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

विराटनगर–रङ्गेली सडक खण्डमा को २ प ३५३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा धनपालथान गाउँपालिका ७ का ३७ वर्षीय मुकेश यादवको मृत्यु भएको हो ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठका अनुसार उपचारकै क्रममा विराटनगरस्थित कोसी अस्पतालमा उनको मृत्यु भएको हो । 

तीव्र गतिका कारण आइतबार राती मोटरसाइकल दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

 

 

 

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  १० : ५७ बजे