राष्ट्रपति भवनमा घटस्थापना

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो।

सभामुखको अधिकार कटौती गर्ने बारेमा बहस भइरहेको बेला सभामुख घिमिरेले प्रधानमन्त्री दाहालसँग भेटघाट गर्नुभएको हो । प्रधानमन्त्रीका सचिवालयका अनुसार सदनका काम कारबाहीलाई थप प्रभावकारी र जनमुखी बनाउने विषयमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल भएको हो ।

प्रधानमन्त्री र सभामुख बीचमा प्रतिनिधिसभालाई गतिशील बनाउनेलगायत विषयमा छलफल भएको बताइएको छ ।

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अगाडि बढाउने तथा सङ्घीयता कार्यान्वयनसँग बाँकी रहेका अन्य विधेयक, ऐन कानुनको संशोधनलगायतका विषयमा पनि त्यस अवसरमा छलफल भएको बताइएको छ ।

 

 

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ९ : ३१ बजे