राष्ट्रपति भवनमा घटस्थापना

काँग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक मङ्गलवार बिहान ९ः०० बजेका लागि बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभयो।

सरकारमा पठाउने मन्त्री र उपनिर्वाचनमा उठाउने उम्मेदवार टुङ्गो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइको बुझिएको छ ।

कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरू बैठकमा सहभागी हुनेछन् ।

यसअघि शनिवार पार्टी सभापति शेरबहादुर देउवाको निवास (धुम्बाराही)मा बसेको पदाधिकारी बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा काँग्रेस सरकारमा जाने सैद्धान्तिक सहमति भएको थियो ।  

 

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ८ : ३३ बजे