सडक यातायात क्रमशः सहजतातर्फ

क्रिकेटर लामिछानेविरुद्ध लागेको जबरजस्तीकरणीको मुद्दाको फैसलाका लागि आज पेशी 

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्तीकरणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आजका लागि पेशी तोकिएको छ।

जिल्ला अदालत काठमाडौँमा आज अन्तिम सुनुवाइको पेशी तोकिएको हो ।

गत भदौमा सन्दीपविरुद्ध बलात्कारको जाहेरी परेको थियो। कुनै पक्षले स्थगित नगरेको अवस्थामा सुनुवाइको सम्भावना रहने छ। 

यसअघि शुक्रवार जाहेरवाला किशोरीले अन्तरिम राहत माग गर्दै दायर गरेको निवेदनमा सुनुवाइ भएको थियो। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले अन्तरिम राहत दिन नपर्ने आदेश सुनाएको छ।

सरकारी पक्षले पीडित नाबालिग रहेको र सन्दीपले जबरजस्ती करणी गरेको दाबी गर्दै आएका छन्। यता सन्दीपका कानुन व्यवसायीको तर्क जबरजस्ती करणी नभएको र पीडित भनिएकी युवती नाबालिग नरहेको छ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ८ : २० बजे