भारतले गर्‍यो अहिलेसम्मकै ठुलो रकेट प्रक्षेपण 

काठमाडौँ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन इसरोले हालसम्मकै ठुलो रकेट एलभीएम–३ प्रक्षेपण गरेको छ । 

बिबिसीका अनुसार आइतबार प्रक्षेपण गरिएको रकेटमार्फत भारतले ३६ वटा भूउपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको हो ।

आइतबार बिहान ९ बजेको समयमा आन्ध्र प्रदेशको श्रीहरीकोटाको सतिस धवन अन्तरिक्ष स्टेसनबाट  ४३ दशमलव ५ मिटर लामो रकेटको प्रक्षेपण गरिएको हो ।

यो रकेटले ५ हजार ८०५ केजीको ३६ भू–उपग्रह ४५० किलोमिटरमाथि रहेको पृथ्वीको तल्लो कक्षमा छाडिने जनाइएको छ ।

 

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ७ : ५६ बजे