साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

मेरो डिजिटल देश अभियानका विजेता चयन हुने दिन नजिकिँदै, विजेताको घरमै पुगे महानायक राजेश हमाल र दयाहाङ राई

पुल्चोक, ललितपुर   । विश्वका दुईसय भन्दा धेरै मुलुकबाट रेमिटेन्स भित्राउँदै आएको इसेवा मनि ट्रान्स्फरले हाल सञ्चालन गरिरहेको ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई हौसला प्रदान गर्न हालमैमात्रै घर सार्वजनिक गरिएको छ । इसेवा मनि ट्रान्स्फरका ब्रणण्ड एम्वेष्डर तथा ब्राण्ड हिरो एवं अभिनेता दयाहाङ राई नवनिर्मित घरमै पुग्नुभएको छ ।

इसेवाको यस अभियानमा इसेवा मनि ट्रान्स्फर मार्फत रेमिटेन्स पठाउने एक जना सेवाग्राहीले काठमाडौंमा घर जित्न सक्नुहुनेछ ।
कम्पनीले हालै मात्र यस अभियानमा विजेता बन्ने सेवाग्राहीलाई महानुभावलाई प्रदान गर्ने घर सार्वजिनक गरेको थियो । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर कम्पनीले बम्पर उपहार स्वरुप प्रदान गर्नेछ । 

साथै सेवाग्राहीहरुको उत्साह एवं सहभागितालाई मध्यनजर गर्दै कम्पनीले यो योजना २ महिनाको लागि थप गरी २०८० साल जेठ ६ गतेसम्म सञ्चालन गर्ने निर्णय पनि गरेको छ। सेवाग्राहीहरू यस अबधिमा इसेवा मनि ट्रान्स्फरमार्फत रकम पठाउँदा बम्परमा योजनामा स्वतः सहभागी हुनुहुनेछ ।

उपहारको छनौट प्रक्रिया २०८० साल जेठ १२ गते गरिने कम्पनीको भनाई छ ।
इसेवा मनि ट्रान्स्फरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ ।

इसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख १२ हजार भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड ६० लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

 

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ४ : ४० बजे