सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

नवनियुक्त आईजीपी कुँवरलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा एक कार्यक्रम आयोजित गरी उहाँलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। उहाँलाई गृहसचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएकाे हाे।

 नवनिर्वाचित प्रहरी महानिरीक्षक कुँवरलाई सरकारले गत शुक्रबार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो। 

 

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ११ : ५३ बजे