दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

विराट गोल्डकपः  एपिएफ विजयी

मोरङ । विराटनगरको सहिद रङ्गशालामा भएको  विराट गोल्डकप फुटबल प्रतियोगितामा अन्तर्गत शनिवार रातिको खेलमा  साबिक विजेता एपिएफ क्लब विजयी भएको छ । 

उक्त खेलमा एपिएफले भुटानको ड्रक लुयल फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयसम्म  एक–एक गोलको बराबरीमा रहेको खेलमा एपिएफले दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत गोली गरी २–१ को अग्रता बनाउँदै विजयी भएको हो ।

खेलमा निर्णायक गोल गरेका बेडुम प्लेयर अफ दि म्याच हुँदै नगद रु ११ हजार पुरस्कार प्राप्त गरेका छन् । 

प्रतियोगिताको विजेताले रु २० लाख १५ हजार प्राप्त गर्ने छन् भने उपविजेता टिमले रु १० लाख २५ हजार  नगद राशि प्राप्त गर्ने छ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ६ : ४६ बजे