आर्थिक संकट सामना गरिरहेकाे पाकिस्तानलाई चीनकाे २ अर्ब डलर सहयाेग

काठमाडाैं । चीनले आर्थिक संकटकाे सामाना गरिरहेकाे पाकिस्तानलाई २ अर्ब डलर सहयोग गरेकाे छ ।

चरम मूल्य वृद्धिसँगै वैदेशिक मुद्रा संचिति घटेपछि पाकिस्तानमा आर्थिक संकट गहिरिदै गएको छ ।  चीनले पाकिस्तानकाे संकट समाधान गर्नका लागि १ वर्षका लागि २ अर्ब डलर सहयोग गरेको हो ।

टाईम्स अफ इण्डियाका अनुसार ऋण नभनिएको सोही रकम पाकिस्तानको केन्द्रीय बैकमा जम्मा गरिएको र साे  सहयोगले पाकिस्तानकाे अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेकाे छ ।

यसैगरी, पाकिस्तानको अर्थतन्त्र उकास्नका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले समेत सहयोग गर्ने तयारी गरे पनि राजनीतिक अस्थिरताका कारण राेकिन पुगेकाे छ । 

अर्थतन्त्र संकटबाट गुज्रिरहेको पाकिस्तानमा राजनीतिक अस्थिरता समेत उत्पन्न भएपछि आईएमएफको ऋण आउन ढिलाई भएको छ।

 

 

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  १ : ११ बजे