काठमाडाैं । चीनले आर्थिक संकटकाे सामाना गरिरहेकाे पाकिस्तानलाई २ अर्ब डलर सहयोग गरेकाे छ ।
चरम मूल्य वृद्धिसँगै वैदेशिक मुद्रा संचिति घटेपछि पाकिस्तानमा आर्थिक संकट गहिरिदै गएको छ । चीनले पाकिस्तानकाे संकट समाधान गर्नका लागि १ वर्षका लागि २ अर्ब डलर सहयोग गरेको हो ।
टाईम्स अफ इण्डियाका अनुसार ऋण नभनिएको सोही रकम पाकिस्तानको केन्द्रीय बैकमा जम्मा गरिएको र साे सहयोगले पाकिस्तानकाे अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेकाे छ ।
यसैगरी, पाकिस्तानको अर्थतन्त्र उकास्नका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले समेत सहयोग गर्ने तयारी गरे पनि राजनीतिक अस्थिरताका कारण राेकिन पुगेकाे छ ।
अर्थतन्त्र संकटबाट गुज्रिरहेको पाकिस्तानमा राजनीतिक अस्थिरता समेत उत्पन्न भएपछि आईएमएफको ऋण आउन ढिलाई भएको छ।
प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार १२ : ५६ बजे
प्रतिक्रिया