राष्ट्रपति भवनमा घटस्थापना

एमाले कमजोर भए विकास र समृद्धि हासिल गर्न सकिँदैन : उपाध्यक्ष पौडेल

जनकपुरधाम । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमाले कमजोर भए देशमा विकास र समृद्धि हासिल गर्न नसकिने बताउनुभएको छ । 

एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत जनकपुरधाममा शुक्रवार आयोजित धनुषा जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष पौडेलले एमालेलाई उपेक्षा गरेर देशको राजनीति अघि बढ्न नसक्ने बताउनुभयो । 

“हामीलाई एक्ल्याउने प्रयास भइरहेको छ तर एमाले एक्लो छैन । अर्को चुनावमा एकल बहुमत ल्याउने गरी आजैदेखि हामी जुटिसकेका छौँ”, उपाध्यक्ष पौडेलले भन्नुभयो ।

एमालेका सचिव एवं मधेस प्रदेशका इन्चार्ज रघुवीर महासेठले मिसन ग्रासरुट अभियानको पहिलो प्राथमिकता सङ्गठित सदस्यताको नवीकरण, पार्टी र जनसङ्गठनको निर्माण रहेको बताउनुभयो । 

एमाले धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका नेता लीलानाथ श्रेष्ठ, नेत्री जुली महतोलगायतले आआफ्नो धारणा राख्नुभएको थियो । 

 

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ६ : ४८ बजे