राष्ट्रपति भवनमा घटस्थापना

संयुक्त प्यानललाई हराउँदै भैरहवा बहुमुखी क्याम्पसमा अनेरास्ववियुको पुरै प्यानल विजयी

बुटवल । भैरहवा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अनेरास्ववियुको पुरै प्यानल विजयी भएको छ । 

कुनै पनि विद्यार्थी सङ्गठनसँग तालमेल नगरी एकल रूपमा निर्वाचनमा उत्रेको नेकपा एमाले निकट अनेरास्ववियुले पुरै प्यानलमा जीत हासिल गरेको हो । 

जसअनुसार अध्यक्षमा सागर न्यौपाने, सचिवमा शनि कलवार, कोषाध्यक्षमा मनोज पन्थ, सदस्यहरूमा आशिष पन्थ, स्वेताकुमारी हरिजन, राजन गुप्ता, शैलेष यादव, मनोजकुमार यादव, प्रेमशंकर यादव, सुमनकुमारी शुक्ला र मोहित चौधरी निर्वाचित हुनुभएको छ ।

उक्त क्याम्पसको स्ववियुका लागि अन्य सङ्गठन भने प्यानल बनाएर निर्वाचनमा होमिएका थिए । जसअनुसार नेपाली कांग्नेस निकट नेविसंघ र लोकतान्त्रिक विद्यार्थी सङ्गठन तथा माओवादी निकट अखिल क्रान्तिकारी र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन संयुक्त प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ७ : ४० बजे