सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

सेनाको संख्या सरकारले तोक्ने हो, एनजीओ/आईएनजोओले होइन : प्रधान सेनापति शर्मा

पोखरा । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले सेनाका बारेमा गरिने अनर्गल प्रचारमा नलाग्न आग्रह गर्नुभएकाे छ  । समय समयमा कसैको इशारामा बाहिरी व्यक्तिबाट नेपाली सेनाको संख्याका बारेमा टिप्पणी हुने गरेको उहाँले बताउनुभयाे।

पोखरामा बिहीबार भूतपूर्व सेनाका सम्मेलनलाई सम्बोधन गर्दै प्रधान सेनापति शर्माले सेनाको भन्नुभयाे,‘संख्या यति हुनुपर्छ,उति हुनुपर्छ,र यस्तो साइज हुनुपर्छ,राइट साइजिङ हुनुपर्छ र अन्य नचाहिँदो नचाहिँदो किसिमका कुराहरू पनि हुने गरेको छ ।  यसलाई प्रकाशित गर्ने गरेको पनि पाइएको छ,' यो हेर्दा हाँस्यास्पद हो ।’

सेनाको संख्या निर्धारण गर्ने काम नेपाल सरकारको भएको शर्माले बताउनुभयाे । ‘आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा नेपाल सरकारले निर्धारण गर्दछ न कि कुनै आइएनजीओ र एनजीओमा बसेर आफै स्वघोषित डाक्टर, स्वघोषित विज्ञ, सुरक्षाविज्ञ भन्नेहरूले गर्ने होइन,'उहाँले भन्नुभयाे।’

‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको संविधान प्रद्दत्त जिम्मेवारी हो,त्यसका साथै विकास निर्माण, पर्यावरण संरक्षण तथा बिशुद्ध शान्ति स्थापना र व्यवस्थापनलगायत नेपाली जनतालाई आवश्यक परेका अन्य कुराहरूमा सहयोग गर्ने जिम्मेवारीहरू साथसाथै नेपाल सरकारबाट तोकिएका विभिन्न कार्यहरू गर्नु नै हामीले आफ्नो जिम्मेवारी हो भन्ने गरेका छौं,’ उहाँले भन्नुभयाे, ‘यिनै जिम्मेवारी पूरा गर्न नेपाली सेना कटिबद्ध छ ।’

नेपाली सेनाले संविधानसम्मत निर्वाह गरिरहेका जिम्मेवारीहरूका बारेमा बेला मौकामा दूष्प्रचार गर्ने नियतले अनर्गहल गाली हुने गरेको उहाँको भनाइ छ। 

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ५ : ४३ बजे