काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै हुनुहुन्छ ।
अध्यक्ष ओली आज दिउसो १ः०० बजे भद्रपुर हुँदै दमक आउने कार्यक्रम रहेको नेकपा एमाले कोसी प्रदेश कमिटी सदस्य होमबहादुर थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अध्यक्ष ओलीले भोलि (शुक्रवार) मेची सहकारी संस्थाले दमक २ मा निर्माण गरेको ४३ वटा आवास भवनको एकै पटक उद्घाटन गर्ने कार्यक्रम छ । यसैगरी भोलि नै नेकपा एमाले झापाले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओली सहभागी भएर काठमाडौँ फर्कने कार्यक्रम रहेको थापाले जानकारी दिनुभयो ।
प्रशिक्षणमा पार्टीले सञ्चालन गरेको मिसन ग्रास रुट अभियानको हालसम्मको अवस्थाका बारेमा पनि अध्यक्ष ओलीले जानकारी गराउनुहुनेछ ।
यसैगरी झापा सञ्चालन भइरहेको ग्रासरुट अभियानको बारेमा पनि नेताहरू जानकारी गराउने तयारी गरेका छन् ।
प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार ८ : ०९ बजे
प्रतिक्रिया