काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुले सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका तीन वटा क्याम्पसमा जीत हासिल गरेको छ ।
बुधवार सम्पन्न सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका तीन वटा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुले तीन वटा क्याम्पसमा जीत हासिल गरेको हो ।
अखिलका अध्यक्ष समिक बडालका अनुसार जयपृथ्बी बहुमुखी क्याम्पसमा रूपक धामी, दार्चुला बहुमुखी क्याम्पसमा कृष्ण धामी र महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा माधव खत्री सभापतिमा निर्वाचित हुनुभएको हो ।
प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार ७ : २७ बजे
प्रतिक्रिया